Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ बोडोल्याण्ड विश्वविद्यालय एकाई गठन तथा सपथ ग्रहण समारोह सम्पन्न

कोक्राझार, २१ नोभेम्बर: आइतबार अखिल असम गोर्खा छात्र संघ बोडोल्याण्ड विश्वविद्यालय एकाई पुर्नगठन तथा नवगठित पुर्णाङ्ग समितिको सपथ ग्रहण समारोह सम्पन्न हुन्छ। 

जानकारी अनुसार, अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको तत्वावधानमा कोक्राझारस्थित गोर्खा भवनमा सम्पन्न भएको सभामा आगामी कार्यकालको निम्ति गोर्खा छात्र संघ बोडोल्याण्ड विश्वविद्यालय एकाईको सभापतिको दायित्व प्रणव गौतमलाई र मूल सचिवाको दायित्व दिब्या सुनारलाई सुम्पिएर एक शसक्त समिति गठन गरिएको छ।

यता कार्यक्रमसँग मेल राख्दै गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिले हालै 𝐆𝐨𝐫𝐤𝐡𝐚 𝐑𝐢𝐬𝐢𝐧𝐠 𝐒𝐭𝐚𝐫 को उद्योगमा सम्पन्न 𝐍𝐨𝐫𝐭𝐡𝐞𝐚𝐬𝐭 𝐆𝐨𝐫𝐤𝐡𝐚 𝐈𝐜𝐨𝐧 को गायन प्रतिस्पर्धामा विजयी हुने दिपक शर्मा लगायत नृत्य प्रतियोगितामा टप-६ बन्न सक्षम हुने दिया वस्तीलाई अभिनन्दन गर्दछ।

सभामा अखिल असम गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिका सभापति सुभाष पोख्रेल, मूल सचिव सुरज गिरी लगायत धेरैजना छात्र कार्यकर्ताहरुको साथै बोडोल्याण्ड विश्वविद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post