Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

मुख्यमन्त्री गोलेको बयान व्यक्तिगत नभएर एक दुईजना चम्चाहरूलाई खुशी पार्न दिएको बयान हो: भरत दोंग

दार्जिलिङ, ०७ जुलाई: दार्जिलिङ-सिक्किम एकीकरणको मुद्दा प्रतिदिन चुलिँदै जादैछ। यस मुद्दालाई लिएर सिक्किमका राजनैतिक दलहरू र गोराकंबिच आरोप-प्रत्यारोप चलिरहेको छ। यसैबिच गोर्खा राष्ट्रिय कङ्ग्रेस (गोराकं)-ले हालै दार्जिलिङ-सिक्किम एकीकरणको मुद्दालाई लिएर सिक्किमका मुख्यमन्त्री पीएस गोलेले दिएको बयानको जवाफ फर्काएका छन्। 

गोर्खा राष्ट्रीय कंग्रेसका अध्यक्ष भरत दोंगले मंगलबार मुख्यमन्त्री गोलेले दिएको बयानको पुन: प्रतिवाद जनाउँदै आफ्नो अड़ान राखेका छन्। उनले दार्जिलिङमा कुराकानी गर्दै सिक्किमको मुख्यमन्त्री पीएस गोले नेपाली गोर्खे मुख्यमन्त्री हुन् र उनले आफ्नो अडान सिक्किमको अडान भनी दिएको बयानको प्रतिवाद गर्दै सिक्किम कसैको पेवा होइन तर सिक्किम सबै सिक्किमेहरूको हो अनि मुख्यमन्त्री गोलेको बयान व्यक्तिगत नभएर एक दुईजना चम्चाहरूलाई खुशी पार्न दिएको बयान हो भनी आरोप लगाएका छन्। दोंगले थप भने- "केन्द्र सरकारले चाहान्छ दार्जिलिङ-सिक्किम एकीकरण तर यहाँको नेताहरू चाहान्छ गोर्खाल्याण्ड। यो सबै नमिल्दा यस्तो भईरहेको छ र यसलाई सही दिशामा लानलाई बङ्गालको राज्यपालसित भेटघाट गरेको हौं। तर हिजो एसकेएमको बयान आयो जुन अचम्म पार्ने खालको थियो- वाइट पेपर फेक फेक र असंवैधानिक हरे। यस्तो खालको नेता पनि सिक्किममा छ भनेर याद थिएन।"

गोरांकका अध्यक्ष भरत दोंगले यो भूभाग सिक्किमको हो र यो एकीकरणको मुद्दा हामीले भनेर हुँदैन अनि मुख्यमन्त्री गोलेले भनेर पनि हुँदैन यो त केन्द्र सरकारले गर्ने निर्णय हो भनी बताए। उनले केन्द्रले स्थायी राजनैतिक समाधान गर्ने भनेका छन् र हामी दार्जिलिङ-सिक्किम एकीकरण नै स्थायी राजनैतिक समाधानको रुपमा हेर्छौं भन्दै र हामीले मात्र होइन पूर्व सांसद जसवन्त सिंहले पनि भनेका हुन् भनी बताएका छन्। दोंगले सिक्किमले गिफ्ट गरेको भन्छ तर गिफ्ट गरेको भए ब्रिटिश सरकारसित लेखापढ़ी गर्ने थिएन भनी भारतमा विलय हुने बेलासम्म सन् १९७५ सम्म सिक्किमले सन्धिको ग्राण्ड रकम लिने थिएन भनी सिक्किम जस्तो गरीब देशले ब्रिटिशलाई गिफ्ट दिने कुरा कसरी आउँछ भनी बताएका छन्। यस विषयमा आफुहरूसित दस्तावेज रहेको र उक्त दस्तावेजहरू केन्द्र सरकारलाई बुझाएको पनि जानकारी गराएका छन्। उनले दार्जिलिङ-सिक्किम एकीकरणको मांग होइन तर दाबी हो भन्दै सिक्किमका नेताहरूलाई आफ्नो भूगोल र इतिहास याद छैन भने हामीलाई भन्नु केही छैन भनी बताए।

Post a Comment

Previous Post Next Post