विश्वनाथ,०६ जुलाई: गोर्खा उन्नयन परिषद्, असमका सदस्य अनि असम गोर्खा सम्मेलन शोणितपुर र विश्वनाथ जिल्ला समितिको प्रतिनिधि मण्डलले आज असमका एकजना प्रतापी नेता तथा सतिया विधानसभा क्षेत्रका विधायक पद्म हाजरिकालाई अभिनन्दन गर्यो। जानकारी अनुसार, हालै सतिया विधानसभा क्षेत्रका विधायक पद्म हाजरिकालाई मुख्यमन्त्रीले केविनेट दर्जा प्रदान गरेकोले अभिनन्दन गरेका हुन्।
विधायक पद्म हाजरिकालाई टोपी, फुलबुट्टे गाम्छा, खादा अनि जापिले अभिनन्दन गर्दा विधायक हर्षित भएको कुरा जीडीसी, असमका सदस्य सञ्जीव छेत्रीले बताएको छन्।
प्रतिनिधि टोलीले अभिनन्दन गरे पश्चात् विधायकसँग भएको चर्चामा अघिको जस्तै यस पटक पनि गोर्खाहरुको पक्षमा पद्म हाजरिकालाई आफ्नो कुरा राख्न र काम गरिदिन हुन आह्वान गरेका छन् भने NRC को प्रसंगमा रैथाने गोर्खाहरुको समस्या सन्दर्भमा विधानसभामा आवाज उठाउने पद्म हाजरिकाले बताएको कुरा प्रतिनिधि टोलीले बताएको छ। प्रतिनिधि टोलीले बताए अनुसार, विधायक हाजरिकाले गोर्खा हरुको D-voters को बिषयमा पहिले नै मुख्यमन्त्रीसँग बात गरि विधायकहरुकै एउटा टोली बनाएर गोर्खाहरुको यस समस्या समाधान गर्ने कुरा प्रस्ताव राखेको कुरा पनि बताउछन्।
गोर्खा उन्नयन परिषद्, असमका सदस्य सञ्जीव छेत्रीको नेतृत्वमा गएको टोलीमा जीडीसी, असमका सदस्य मोति नेवार, अगोस शोणितपुर जिल्लाको पक्षबाट कार्यकारी सभापति बिजु छेत्री, उप-सभापति सञ्जय दमाई, अगोस विश्वनाथ जिल्लाका सांगठनिक सचिव राजु लिम्बु, जिल्ला परिषद सदस्य किशोर दाहाल र भाजपा कार्यकर्ता राजीव दाहाल उपस्थित थिए।
Post a Comment