दार्जिलिङ,१७ जुलाई: सन् २०१७ मा दन्किएको गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका आशिष तामाङको आज चौथो पुण्यतिथि पालन गरेका छन्। सुके खण्डको मगरजोङ शङखमान गाउँ निवासी शदीद आशिष तामाङको निजी वासस्थानमा अराजनैतिक रूपमा परिवार अनि आफन्तहरुले पालन गरे चौथो पुण्य तिथि।
शहीद आशिष तामाङकी पत्नी मैना तामाङ तथा अन्यले दीयो बालेर शहीदलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनको पुण्य तिथिमा राजनैतिक दललाई निमन्त्रणा नगर्नुको कारण बताउँदै पत्नी मैना तामाङले कुनै राजनैतिक दल अनि झण्डाको निम्ति मेरा पति शहिद बनेका होइनन् भनिन्। पति आशिष तामाङ समग्र गोर्खा जातिको निम्ति शहीद बनेको बताउँदै उनले शहीदको महत्वलाई बुझ्न सक्ने कसैले पनि श्रद्धाञ्जली अर्पण गर्न सक्ने अनि शहीद हुनु ठूलो कुरा हो र सबैको भाग्यमा शहीद हुनु लेखिएको हुँदैन भनिन्।
यता, आशिष तामाङ समग्र गोर्खा जातिको निम्ति शहीद बनेको बताउँदै गोर्खा जातिको निम्ति उनले ठूलो योगदान दिएका छन् र उनको योगदानलाई सम्पूर्ण गोर्खाहरुले भुल्नु नहुने विशाल राईले बताए।
Post a Comment