गुवाहाटी, १७ जुलाई: एउटा राम्रो खबर। 'असम बुक अफ रेकर्ड'-मा आफ्नो नाम दर्ता गर्न सफल भए बाबुल गुरुङ। महाबाहु ब्रह्मपुत्र नदीमा ३० किलोमिटर पौडिएर 'असम बुक अफ रेकर्ड'-मा आफ्नो नाम दर्ता गर्न सक्षम भएका हुन् गुवाहाटीका तैराकी कोच बालुल गुरुङले। उनले आफ्नो आधिकारिक फेसबुक एकाउण्टबाट यस कुराको जानकारी गराएका हुन्।
उल्लेखनीय छ, तैराकी कोच बाबुल गुरुङले सन् १९९१ मा नै ब्रह्मपुत्रमा ३० कि:मि: पौडिएर यस्तो अभिलेख सृष्टि गरेका हुन्।
यता बाबुल गुरुङको यस्तो सफलतामा विभिन्न संघ-संस्था र व्यक्तिहरुले उनलाई बधाई दिएका छन्।
बाबुल गुरुङलाई धेरै बधाई।
Post a Comment