दादा म फोटो खिची दिन्छु
-- भुवन छेत्री
राजगढ, खनामुख
खनामुख आन्चलिक गोर्खा छात्र संघ का सभापति भाई राजेन छेत्री लाई ०२ जनवरी २०२५ का दिन बेलुकी नववर्ष को शुभकामना दिन लाई फोन गरेको थिएँ, मईले शुभ कामना दिने अघिनै भाईले सोधे " दादा केही खबर पाउँनु भयो?" के खबर? भाई चन्दु( चन्दन छेत्री) को कार एक्सिडेन्ट भयो अनि कार मा आगलागी भएको हुँदा उहाँको घटनास्थलमा देहान्त भयो।
यो खबरले मलाई अचम्भित पारो। पत्याउन गाह्रो लाग्यो। तर एक छिन पछि बाट सोसियल मिडिया मा शोक सन्देश हरु आउन थाल्यो, मेडिया मा खबर बज्न थालो। अब बुझ्न बाँकी रहेन राजेन भाई ले दिएको खबर साँचो हो भनेर।
चन्दन भाई लाई मन मनेई श्रद्धाञ्जली अर्पण गरे। मनमा धेरै कुरा हरू सोच्न थाले। किन? कसरी? यति सजिलै भाई ले हामीलाई छोडेर जानुभयो।
चन्दन भाई लाई मईलै पहिला का भेटेको त्यो त थाहा भयेन तर भाई लाई आज भन्दा ७-८ बर्ष अधि भेटे जस्तो लाग्छ। बिशेषत आगसु, अगोस या अनेसास को कार्यक्रम मा भेटेको हुनुपर्छ। त्यहाँ पछि छात्र संघ या अनेसास का कार्यक्रम सधैं भेट भएर होला हाम्रो माझमा आन्तरिकता बढ्दै जान्छ। आफु अनेसास शोणितपुर जिल्ला समितिको मुल सचिव रहँदा एक जाना साहित्य कर्मी र सम्बाददाता को हैसियतले हाम्रो माझमा सम्पर्क अझै नजिक हुन पुग्छ। भाई ले "चन्दु की चाय" नाममा चिया पसल खोलेको जानकारी गराउँछन्, पसल मा आउने आग्रह पनि गर्छन् तर भाई को पसल मा पुग्ने समय जुरेन। सामाजिक माध्यम मा भाई ले प्रचार गरेका कबिताहरुले मलाई वहाँको फोलोवार बनाएको थियो। ईन्द्रेणी प्रकाशन को कार्यक्रम मा पनि भाईका कबिताहरु सुनेको हो। भाई आफुले लेखेका कबिताहरु सुनाएर सारै खुशी हुनुहुन्थ्यो। भाई लाई हामिले आफ्नो गाउँ खनामुख मा आयोजित साहित्यिक कार्यक्रम, गोर्खा सम्मेलन को कार्यक्रम साथै आध्यात्मिक अनुष्ठान आदि मा पनि निम्तो स्वीकारेर उपस्थित हुनु भनेको थियो साथै संबाद पनि पनि प्रचार गर्नु भयेको थियो। चन्दन भाई गोर्खाली संबाद कर्मी हरु माझ एउटा उज्यालो नक्षत्र हुनुहुन्थ्यो।समय समयमा हाम्रो भेटघाट हुने गर्थ्यो। चन्दन भाईलाई अन्तिम पटक भेटेको ०८ डिसेम्बर २०२४ का दिन असम नेपाली साहित्य सभा को महाअधिवेशन सरुपथार मा। महाअधिवेशन थलो को प्रदर्शनी क्षेत्र मा ईन्द्रेणी प्रकाशन को पुस्तक पसलमा भाई लाई भेट भयाे। भाई संग बिभिन्न बातचीत पछि उनको पसलबाट शिलोंग निबासी बरिष्ठ साहित्यकार श्री बिक्रम बीर थापा सर का दुईटा पुस्तक किने। श्री बिक्रम बीर थापा सर को गुनासो थियो गोर्खा ले किताब किनेर पढ्दैन। सामाजिक माध्यम मा उहाँको किताब किनेको फोटो हाल्नु पर्छ भनेर फोटो खिच्न आफ्नै मित्र श्री प्रकाश कटुवाल ज्यु लाइ आग्रह गर्दा चन्दन भाई ले भन्नु भयो "दादा म फोटो खिची दिन्छु" । भाई ले खिचेको फोटो मईले सामाजिक माध्यम मा प्रचार गरेको थिएँ। यो फोटो खिच्ने काम भाई ले त्यस दिन मात्रे गरेका होइनन्। जांहा पनि हाम्रो भेट हुन्थ्यो भाई ले हाम्रो फोटो खिची दिनु हुन्थ्यो। भेला भएका हरुमा बहा उमेरमा सानो भएकाले गर्दा फोटो खिच्ने काम वहा गर्नुहुन्थ्यो। तर दुःख को कुरो उहाँसंग (भाई संग) आफ्नो फोटो उठाई भयेन।
आज भाई हाम्रो माझमा हुनुहुन्न। उहाँको मृत्युले घर ले छोरा, आफन्तहरुले भाई भतिज, साथीहरुले मित्र, समाज ले युवा, संगठन ले कार्यकर्ता, संचार माध्यमले संबाद कर्मी, साहित्य ले सर्जक गुमायेको छ भने मईले सधैं हाँसी रहने, दाजु को खबर राख्ने, दाजु को फोटो खिच्ने भाई गुमाएको छु।अंग्रेजी मिति ५ जानुवारी २०२५ का दिन बेलुकी ५.३० बजे खनामुख गोर्खा भवनमा (गोर्खा चोक) स्थानीय संघ संस्थाहरु को उद्योग मा भाईलाई श्रद्धाञ्जली अर्पण गरिन्छ। भाई को आत्मा ले स्वर्ग मा बास पाओस्। हाम्रो माझमा भाई को स्मृति सधैं रहिरहोस्..... ओम् शान्ति।। ओम् शान्ति।।
Post a Comment