Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

डिब्रुगड़ विश्वविद्यालयमा भाइटिको दिन परिक्षा आयोजन राज्यपाललाई पत्रचार नेपाली साहित्य सभाको ।

Nelive24: गोर्खा महाजातिको महानचाड़ तिहार समागत छ । त्यसै बिचमा असम सरकाले प्रत्येक वर्ष भाइटिकाको दिन सरकसरी बिदा दिनै आएको हो । यदाकदा कहिले काहि सिमित बिदा त कहिले काहि सम्पुर्ण पनि दिने गर्छ ,तर पटकपटक असमको एक अग्रणी उच्चशिक्षा अनुष्ठान डिब्रुगड़ विश्वविद्यालयमा परिक्षाको निउमा भाइटिकाको दिनमा या गोर्खा चाड़को समयमै परीक्षा आयोजित गर्ने काम चलाइ आएको परिपेक्षमा हाल पहिलो र पाचौं सेमिस्टरको परिक्षा आयोजित गर्ने सुचना सार्वजनिक गर्ने साथ साथै असम नेपाली साहित्य सभाले रोस प्रकाश गर्दै ,साहित्य सभाका सभापति दुर्गा खतिवड़ा ,कार्यकारी सभापति डा° चिन्तामणि शर्मा र मुलसचिव मदन थापाको हस्ताक्षरमा एउटा स्मारक पत्र असमका महामहिम राज्यपाल गुलाब चन्द कटारियाज्युलाई प्रेरण गर्दछ। पत्रमा गोर्खा विद्यार्थीहरूलाई 'भत्री द्वितीया' मनाउन सक्षम बनाउन डिब्रुगढ विश्वविद्यालयको सेमेस्टर I र V को लागि अर्को दिन 15 नोभेम्बर, 2023 मा तोकिएको परीक्षाको मिति मिलाउनको लागि तपाईंको महामहिमबाट आदेश माग्दै प्रार्थना गर्दछ साहित्य सभाले ।  

राज्यपाललाई चड़ाएको स्मारकमा साहित्य सभाले उल्लेख गर्छकि ' भातृ द्वितीया'  गोर्खाहरुको ठूलो चाड हो । आसाममा नै करिब २५ लाख गोर्खा छन् र यो पर्व अन्य समुदायले पनि मनाउने गरेका छन् भन्दै उल्लेख गर्छनकि पवित्र तिहारकै दिन डिब्रुगढ विश्वविद्यालयले 15 नोभेम्बर, 2023 मा 'भतृ द्वितीया' को दिन दुबै शिफ्टको लागि परीक्षा सञ्चालन गर्दैछ।

अन्तमा साहित्य सभाले राज्यपाललाई पत्रचारको  कदर गर्दै  विद्यार्थीहरूलाई कुनै चिन्ता र सेमेस्टर हानि  नभै भातृ द्वितीयाको दिन मनाउन मद्दत गर्न आवश्यक उपायहरू पहल गर्नुहुन्छ भन्ने आशा सहित  नोभेम्बर १५ को सेमेस्टर परीक्षाका प्रश्नपत्रहरू तोकिएको छ त्यो दिन सबैलाई विशेष दिन मनाउन अनुमति दिई अर्को मितिमा सञ्चालन गरिदिनुहुन हामी हार्दिक अपिल गर्दछ । 

 

Post a Comment

Previous Post Next Post