कोक्राझार, ०७ सितम्बर: बीटीआर गोर्खा समाजको एउटा टोलीले राज्यका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मासँग भेटवार्ता गरेको छ।
थाहा लागे अनुसार, मगंलबार बीटीआर गोर्खा समाजका सभापति उत्तम प्रधानको नेतृत्वमा गएको एउटा टोलीले कोक्राझारस्थित बीटीआरको सचिवालयमा साँझ ७ बजे मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग भेटवार्ता गरेको हो।
मुख्यमन्त्रीसँग भेटवार्ताको क्रममा १) बीटीआरमा २००३ भन्दा अघिदेखि वसोवास गर्दै आएका रैथाने गोर्खाहरु Protected Class मा अन्तर्भुक्त गरिएको नाताले गोर्खाहरुलाई PGR, VGR, TB Land, Eksana, Forest, D Forest आदि लगायतका सबै प्रकारका भूमिको अधिकार प्रदान गरिनुपर्ने, २) ट्राइबल बेल्ट अनि ब्लकमा गोर्खाहरुलाई असम सरकारद्वारा 'गोर्खा' नामले Gazzatte Notification निकालेपछि पनि BTR Council ले EC मा पास नगरेको, ३) बीटीआरको समष्टि D Limitation को क्रममा कम्ति पनि गोर्खाको निम्ति ४ वटा समष्टि निर्माण गरिनु पर्ने र ४) UDAI मा NRC को Bio Metric Chancel गर्ने विषयमा राज्यका मुख्यमन्त्रीसँग विस्तृत छलफल भएको बीटीआर गोर्खा समाजको पक्षबाट बताइएको छ।
यता, भेटवार्ताको क्रममा बीटीआर गोर्खा समाजका सभापति उत्तम प्रधानले मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई खादा र ढाका टोपीले सम्मान गर्दै उपहार स्वरुप भारतीय गोर्खा परिसंघको मुखपत्र 'हाम्रो परिसंघ' प्रदान गरेका थिए भने उक्त टोलीमा बीटीआर गोर्खा समाजका सभापति उत्तम प्रधान र नयाँ समष्टि निर्धारण समितिका सदस्य डिमेश्वर उपाध्याय रहेका थिए।
Post a Comment