Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आग्सु-अनेसाससँग संयुक्त रूपमा कार्य गरेको कारण समिति खारेज गरी सभामा अनुपस्थित अगोसका सभापति!

धेमाजी, ०६ सेप्टेम्बर:  एकातिर असम गोर्खा सम्मेलन, केन्द्रीय समितिले असमका सबै गोर्खा संघ-संस्थाहरुसँग मिलेर काम गर्ने घोषणा गर्दै आएको छ भने अर्कातिर विद्यार्थी संगठन आग्सु अनि बौद्धिक संस्था अनेसाससँग संयुक्त रूपमा कार्य गरेको अभियोग उठाउदै हालै अगोस धेमाजी जिल्ला समितिले आफ्ना दुई शाखा समिति खारेज गरेको घटना प्रकाशमा आएको छ। 

जानकारी अनुसार, गत् २० अगस्टको दिन अगोस सिली गोलाई अनि सिलासुती शाखा समितिले आग्सु अनि अनेसाससँग संयुक्त रूपमा भाषा दिवस मनाएको कारण गत् ३१ अगस्टको दिन अगोस धेमाजी जिल्ला समितिले एक कार्यकारिणी सभा आव्हान गरी जिल्ला समिति अन्तर्गत सिली गोलाई र सिलासुती शाखा समितिलाई तत्कालीन रूपमा खारिज गरेको थियो।

उक्त घटना सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्रकाशमा आएपछि गत ४ सितम्बरको धेमाजी जिल्ला अन्तर्गत सिली गोलाईस्थित गोर्खा भवनमा एक बुद्धिजीवी सभा सम्पन्न हुन्छ। उक्त सभामा अगोस धेमाजी जिल्ला समितिले ग्रहण गरेको सिद्धान्त माथि चर्चा हुन्छ। सूत्र अनुसार, अनेसासका सभापतिको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा उपस्थित थिए अनेसासका पदाधिकारी, अगोस धेमाजी जिल्ला समितिका मूल सचिव पार्थ छेत्री, अगोस, धेमाजी जिल्ला समिति महिला प्रकोष्टकी सभानेत्री उमा देवी, आग्सु धेमाजी जिल्ला समितिका सभापति सोमराज पुरी, उपदेष्टागण र जिल्ला कार्यकारिणी समितिको साथै बुद्धिजीवी हरि उपाध्याय, कटक कुमाल र हरि बहादुर लिम्बू। उल्लेखनीय छ, उक्त सभाले गत् ३१ अगस्टको दिन अगोस, धेमाजी जिल्ला समितिको कार्यकारिणी सभाले लिएको उक्त एकपक्षीय सिद्धान्तको भर्सना गर्छ भने स्वयं केन्द्रीय समितिका उप-सभापति छविलाल शर्माको उपस्थितिमा उक्त प्रस्ताव पारित गरिएकोमा दुख प्रकट गर्दै सो कार्य अपरिपक्क नेतृत्व प्रमाणित भएको प्रश्न उठाउछ! ‌‌

यता, उक्त सभाले असम गोर्खा सम्मेलन, धेमाजी जिल्ला समितिका सभापति प्रधान र केन्द्रीय उप-सभापति छविलाल शर्माले असंवैधानिक रूपमा लिएको सो सिद्धान्तको विषयमा ७ दिन भित्र उपयुक्त व्यवस्था ग्रहण गर्न अगोसका केन्द्रीय सभापति कृष्णा भुजेललाई पत्र प्रेरण गर्दछ भने अगोस, धेमाजी जिल्ला समितिलाई चाँडै कार्यकारिणी सभा गरी दुवै शाखा समितिलाई पुनः बाहाल राख्ने प्रस्ताव पारित गर्दछ।
तर अब प्रश्न उठ्छ, असम गोर्खा सम्मेलन, धेमाजी जिल्ला समितिका सभापतिको एकपक्षीय सिद्धान्तको विरोधमा आयोजित सभामा जिल्ला समितिका मूल सचिवको उपस्थितिले बुजाउछ?

Post a Comment

Previous Post Next Post