Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

जीटीए चुनाउलाई रोक्न एउटा अर्को रिट पिटिशन कोलकाता हाई कोर्टमा; सुनवाई २१ जूनमा हुने

कालेबुङ, ०२जून: कोलकाता हाई कोर्टले गत् २ जूनको दिन एउटा सुनवाई गर्दै जीटीए चुनाउ रोक्ने विषयको याचिका माथि आगामी २१ जूनको दिन सुनवाई गर्ने बताएको छ। २१ जून, त्यो दिन हो, जुन दिन प्रयात सुवास घिसिङले जीटीएको वैधानिकता माथि सवाल गर्दै दायर गरेको मुद्दाको पनि यसै दिन अदालतमा सुनवाई हुनेछ। प्रयात सुवास घिसिङले जीटीए एक्ट पारित भएपछि यसको वैधानिकतालाई चुनौती दिँदै २०१२-मा नै मुद्दा हालेका थिए। लगभग १० वर्ष पछि आगामी २१ जूनका दिन यसको निर्णायक छिनाफाना हुने अड़कल, आशा, र घिट्घिटो रहेको बताइँदैछ। 

अर्कोतिर, राज्य सरकारले जनताले सन् २०१७ मा नै नकारिसकेको जीटीएको चुनाउ गराउन एक हिसाबले बलजफ्ती प्रक्रिया थालेपछि फेरि कोलकाता हाई कोर्टमा यस जीटीए चुनाउको खारेजीको माग गर्दै एउटा ताजा याचिका दर्ता गरिएको छ। त्यही याचिका माथि सुनवाई अब आगामी २१ जून २०२२ का दिन हुने बिहीबार साँझ दार्जीलिङका सांसद राजु विष्टले एउटा विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। 

यता, आगामी २१ जूनका दिन कोलकाता हाई कोर्टमा सुवास घिसिङले हालेको मुद्दाको तय सुनवाई हुनेछ भने अहिले जीटीए चुनाउको चलखेल विरूद्ध दायर गरिएको मुद्दाको पनि त्यसै दिन सुनवाई हुने खबर आएको छ। सुतरांकमा भन्नुपर्दा  जीटीए चुनाउ जितेर जनताको सेवा गर्छु भन्ने पार्टी अनि निर्दलीय उम्मेद्वारहरूको हौसला हौसिरहेको बेला जीटीएको चुनाउ नै हुन्छ के त भन्ने प्रश्न खड़ा भएको छ। यो खबरले एकातिर जीटीए चुनाउपछि 
विकासको तर् खान इच्छा पाल्नेहरूमा मायुसी सञ्चार हुनसक्छ भने अर्कोतिर जीटीए चुनाउ रोक्न अनेक खिप्ती गर्दा पनि नभएर हरेश खाइसकेका मृतप्रायः मानिसहरूमा अचानक प्राणयावु सञ्चार भएको आभाष पाइएको छ।

(The Hon’ble Court has passed an order today i.e. on June 2, 2022, wherein the matter has been directed to be heard along with the petition challenging the Constitutionality of the Gorkhaland Territorial Administration Act on the 21st of June, 21st of June 2022.)

Post a Comment

Previous Post Next Post