Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अभिषेक बनर्जीलाई भेट्यो गोजमुमो बिमल खेमाको प्रतिनिधि टोलीले, स्थायी राजनीतिक समाधानको माग

दार्जिलिङ,०८ जुलाई: कोलकाता भ्रमणमा रहेको गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको प्रतिनिधि टोलीले बिहीबार तृणमूल कंग्रेसका महासचिव एवम् लोकसभा सांसद अभिषेक ब्यानर्जीसँग भेट गरी स्थायी राजनीतिक समाधानको लागि शीघ्र पहल गर्न अनुरोध गरेको छ।

पीडब्ल्युडी एवम् कानून मन्त्री मलय घटक पनि उपस्थित रहेको उक्त भेटघाटमा प्रतिनिधि टोलीले २०२१ को विधानसभा चुनावको चुनावी घोषणा पत्रमा उल्लेख गरिएको पहाड, तराई, डुवर्सको स्थायी राजनीतिक समाधानको बिषयलाई स्मरण गराउँदै साथै १२ दिसम्बर २०२० का दिन मुख्यमन्त्री ममता ब्यानर्जीले आफैले पनि जलपाईगढीमा पहाड तराई अनि डुवर्सलाई लिएर स्थायी राजनीतिक समाधान गरिने कुरा राखेको स्मरण गराउँदै यथाशीघ्र यसको लागि पहल गरिदिने अनुरोध गरेका छन। 

यता प्रतिनिधि टोलीको कुरा सुनेपछि अभिषेक ब्यानर्जीले यस कुरालाई शीघ्र मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष राखिदिने बताए।

प्रतिनिधि टोलीमा गोजमुमो बिमल खेमाका महासचिव रोशन गिरी अनि डा. आरबी भुजेल सामेल थिए।

Post a Comment

Previous Post Next Post