Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पश्चिम बङ्गाल राज्यबाट उत्तर बङ्गाल चुडिनु नै पीपीएस हाे: विधायक बी.पी. बजगाईं

मिरिक, २२ जुलाई: पश्चिम  बङ्गाल राज्यबाट उत्तर बङ्गाल चुडिनु नै पी.पी.एस हाे भनी बताए खरसाङ विधानसभा क्षेत्रका भाजपा विधायक बी.पी. बजगाईंले। 

आज मिरिकमा सञ्चार माध्यमसित कुराकानी गर्दै विधायक बी.पी. बजगाईंले उक्त कुराे गर्दै हामी अलग राज्यका पक्षधर हाै अनि अलग उत्तर बङ्गालको कुरा उठान हुन्छ भने म समर्थन गर्छु भनी बताए। उत्तर बङ्गाल चुडिने कुराे हुदैछ तर यसकाे नाम र क्षेत्रफल के हुन्छ अहिले खुलेकाे छैन। उत्तर बङ्गाल राज्यकाे संरचनाबारे अहिले चर्चा नै भएकाे छैन। यद्यपि पश्चिम बङ्गालबाट उत्तर बङ्गाल चुडिनु अनि यसकाे संरचनामा समय लाग्न सक्छ। यहाँ उत्तर बङ्गाल राज्य चुडिनु महत्त्वपूर्ण कुराे हाे भनी उनले बताए। तिनले काश्मीरबाट लद्धाख कुनै चर्चा विना नै चुडिएकाे थियाे। किनकी याे कुटनैटिक बिषय थियाे र उत्तर बङ्गाल चुडिनु पनि कुटनैटिक बिषय हाे। यस विषयमा पनि कुनै पनि समय फल आउन सक्छ भने।

यता विधायक बजगाईंले यसपाली राज्य विधान सभामा पहाडकाे हितमा धेरै विषयमा बाेलेकाे कुरा जानकारी पनि गराए। 

यता आज मिरिक भ्रमणमा आएका विधायक बी.पी. बजगाईंले मिरिक बस्ती अनि मरमाकाे स्थलगत भ्रमण गरे भने मिरिक भाजपाको कार्यालयमा भाजपा कार्यकर्ताहरूसित सांगठनिक गतिविधिबारे पनि चर्चा गरे। यस अवसरमा भाजपा खरसाङ विधान सभा आसनका संयाेजक एंव केन्द्रीय सह सचिव तुलसी मास्के, मिरिक मण्डल अध्यक्ष अमर राणा, सचिव आनन्द राई र साैरेनी पानीघट्टा मण्डल अध्यक्ष प्रवीण राई पनि उपस्थित थिए।

Post a Comment

Previous Post Next Post