Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कार्बी आङलङको डिखलेम टिला नेपालीबस्तीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

कार्बी आङलङ, १९ जुलाई: आइतवार पश्चिम कार्बी आङलङ जिल्ला अन्तर्गत डिखलेम टिला नेपालीबस्ती प्राथमिक विद्यालय प्राङ्गणमा डिखलेम टिला नेपाली ‌बस्ती भी.डी.पी समितिको आयोजनामा डिखलेम टिला नेपाली गाउँलाई लिएर बिज्ञान विषयमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न हुन्छ।

जानकारी अनुसार, Bachelor of Engineering in Aero space Engineering from Chandigarh Punjab बाट बी.टेक गरेका गाउँका एकमात्र गोर्खा युवा अजित अधिकारीले सञ्चालन गरेको प्रतियोगितामा आकाश छेत्री र राहुल छेत्रीले सहयोग गर्‍याएका थिए।

प्रतियोगितामा ८ जना युवक युवतीले भाग लिएका थिए भने ८ जना मध्ये ४ जना युवक क्रमशः पहिलो स्थान आकाश राई, दोस्रो स्थान ध्रुप छेत्री, तेस्रो स्थान अनुभव छेत्री र चौथो स्थान रूद्र छेत्रीले ओगट्न सक्षम भएका थिए। पहिलो, दोस्रो र तेस्रो स्थान अगोट्न सफल भएका युवकहरुलाई मानपत्र र नगद धनराशि १०००, ७५० र ५०० रूपियाँ प्रदान गरिएको छ भने चौथो स्थान ओगट्न सफल भएका रूद्र छेत्रीलाई मानपत्रले मात्रै सम्मानित गरिएको छ।

हाजिर जवाफ प्रतियोगितामा डिखलेम भी.डी.पी समितिका सभापति फागु मार्डि, सचिव ताराबीर छेत्री, सह सचिव राम बाहादुर थापा, नायक अमित अधिकारी, गाउँका गाउँ बुडा नरेन्द्र दाहाल, डिखलेम टिला नेपालीबस्ती संगम संघका सभापति गणेश छेत्री, मूल सचिव लाल बाहादुर बस्नेत, डिखलेम टिला महिला समितिका सल्लाहकार मनमाया देवी र अनेसास डिखलेम शाखाका सचिव सुरज छेत्रीको साथै गाउँका धेरैजना बुद्धिजीवीको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post