Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
दार्जिलिङ,२७ मई,२०२१: भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानको निधनपछि केन्द्रीय समितिले कार्यकारी अध्यक्ष डा. मुनिष तामाङलाई कार्यवाहक अध्यक्षको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ।
प्रयात सुखमान मोक्तान २००१ सालदेखि भागोपका पदाधिकारी थिए र उनको स्मृतिमा अनि उनलाई आभार जनाउन २०२२ को त्रयवार्षिक अधिवेशनसम्म अनि नयाँ समिति गठन हुन्जेलसम्म अध्यक्षको पदभार खालि राखिने बताइएको छ।
डा. मुनिशलाई अतिरिक्त पद दिइएको घोषणा गर्दै भागोपले आफ्नो आधिकारिक फेसबुक पेजबाट उनलाई शुभकामना व्यक्त गरेको छ। यता फेसबुकबाटै डा. मुनिष तामाङले केन्द्रीय समितिले सुम्पेको जिम्मेवारी स्वीकार गरेको घोषणा गरेका छन्। उनले भनेका छन- 'म सम्पुर्ण सामाजिक संस्था अनि निर्वाचित सदस्यहरूसँग मिलेर जातिको हितमा काम गर्न चहान्छु'।
स्मरण रहोस्, परिसङ्घका पूर्व अध्यक्ष सुखमान मोक्तानको निधनपछि भारतीय गोर्खा परिसङ्घको अध्यक्षको पद खाली भएको थियो।
Post a Comment