Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

स्वर्गीय मणिकुमार सुब्बाको बारेमा नजानेका केही कुरा

स्वर्गीय मणिकुमार सुब्बा एक व्यक्तित्व

भारतवर्षमा जबसम्म गोर्खा जाति रहन्छ तबसम्म स्वर्गीय मणिकुमार सुब्बाको नाम एक महान आत्माको रूपमा हर गोर्खाको हृदयमा स्थापित रहने छ। त्यो केवल असम गोर्खा सम्मेलनका सभापति अथवा एकजना सांसद/ विधायक औँ एक धनी व्यक्तिका रुपमा होइन बरु मान्छेको दुःख बुझ्ने मानवदरदी एक महान हृदयका रुपमा। मानवताका पुजारी यी महान व्यक्तित्वलाई आउनेदिनहरूमा गोर्खा बाहेक अरू अरू जात जनगोष्ठीले पनि उत्तिकै आदर सत्कारका साथ आफ्नो हृदयमा बसाल्ने छन् किनभने उनको मानवताको मुहिमलाई कुनै जातगोष्ठी तथा धर्मको बन्धनले बाँधेर राख्न सकेको थिएँन। उनी गोर्खाहरूको लागि जत्तिको प्यारा थिए, उत्तिकै आदरणीय थिए अरू अरू जात गोष्ठी र धर्मावलम्बी मानिसहरूका लागि पनि। किनभने उनी सबैलाई समदृष्टिले हेर्दथे भने जरूरतमन्दहरूलाई तन मन धनले सहयोग पनि गर्दथे। उनको निधनमा आज बिभिन्न धर्म, वर्ण भाषाभाषी सबै समुदायका मानिस शोकको सागरमा डुबेका छन्। उनको अनुपस्थितिमा असमका गोर्खाले आफ्नो अभिभावक गुमाएका छन् भने मानव समाजले मानवताका एक महान पुजारीलाई हराएका छन् । उनको महान आत्माले स्वर्गमा स्थान पावोस, ईश्वरसँग त्यही कामना गर्दछौ।

      मणिकुमार सुब्बाको जीवनशैली नै एक जिज्ञासा र अनुसन्धानको विषय बन्न पुगेको छ मानव सात्रीहरूई। एक साधारण काठ काट्ने मजदुर बाट त्यतिछिटै उनी कसरी उन्नतिको सगरमाथा सम्म पुग्न सक्षम भए त्यसको रहस्य जान्न अनेकौं जना बेचैन छन् आज।उनको जन्मरहस्य, उन्नतिको शिखर चुमने लिस्नाको बनावटी, उनको राजनैतिक प्रभावको मूलजरो र जनसाधारणमा उनको औधी ग्रहणयोग्यताको कारण जान्न अझैपनि धेरै मनिसको व्यापक उत्सुकता छ। अनुष्ठानिक शिक्षा थोरै भएपनि सधैं टाई-सुट धारणा गरी एक आधुनिक भलाद्मीको ढङ्गमा आफूलाई प्रस्तुत राख्ने, मणिकुमार सुब्बा एक विरल र प्रखर बुद्धि सम्पन्न ब्यक्ति थिए। त्यसैकारण सबै छेत्रमा उनका नामको सिक्का चल्दथो, त्यो समयमा, त्यो राजनैतिक छेत्र होस या सामाजिक या अथवा व्यवसायी छेत्र । गोर्खाहरूका लागि उनी गौरवको विषयमात्रै नभएर अभिमानका साथ बाँच्ने एक छहारी पनि थिए। उनी असहाय, निमुखा र रोगाग्रस्त हरूकालागि एक सहारा थिए भने आर्थिक मन्दावस्थाका समयमा कांग्रेस जस्तो दल र सरकालाई आर्थिक मदत गर्न सक्ने व्यक्तित्व र सम्पत्ति भएका मानिस हिसाबले आफूलाई प्रतिष्ठा गरेक थिए उनले । त्यसै कारण उनको निधनमा गोर्खा जातिले आफ्नो अभिभावक गुमाएको छ।

    उनको जन्मस्थल, नागरिकता र चरित्रलाई लिएर बिभिन्न समयमा, एउटा चक्रके, उनीमाथि लान्छना लगाउने प्रयास गरि बस्यो।तर अन्तिम सम्म पनि कसैले उनलाई दोषी प्रमाणित गर्न सकेनन्। त्यसैले भन्नसकिन्छ मणिकुमार सुब्बा एक ज्योतोषमान व्यक्तित्व थिए र सदैब टल्किएरै रहने छन् । उनी एक जिउँदो इतिहास हुन असमेली गोर्खा हरूको लागि । अरूणाचलको जङ्गलमा एकजना साधारण काठ काट्ने मजदुर बाट उनी कसरी 'ए' श्रेणीका ठेकदार बन्न पुगे, असमको नाउबैसा समष्टिम‌बाट कसरी एम एल ए बने,  कसरी तेजपुर संसदीय छेत्रमा एम पी बन्न पुगे,असम गोर्खा सम्मेलनका सभापति र ओ बी सी समिति असमका अध्यक्ष जस्ता गरिमामय पदमा कसरी अधिष्ठित हुन सके, त्यही पन्ना जोडिएको इतिहासले उनको व्यक्तित्वलाई सँधै एक नयाँ उचाइमा स्थापित गर्ने छ। उनको निधनमा अस्तब्यस्त छ जनजीवनमा यहाँ। आफ्ना पूर्व सभापति स्वर्गीय मणिकुमार सुब्बाको मृत्युमा गहिरो शोक प्रकट गर्दै असम गोर्खा सम्मेलनले तीन दिनको शोक पालन गरेको छ। सुब्बा ज्यूको निधनमा भारतीय गोर्खा परिसंघका सभापति सुकमान मोक्तान, अखिल असम गोर्खा छात्र संघका सभापति प्रेम तामाङ ‌, अनेसास, गो सा प भ, आदिले पनि शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। सुब्बा ज्यूको निधनमा असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल र वित्तमन्त्री ड० हिमन्त विश्वशर्माले पनि गहिरो शोक प्रकट गरेका छन्। उनको स्मृतिमा प्रार्थना सभा र स्मृतिचाँद अनुष्ठान पनि भैरहेका छन् ठाउँठाउँमा।

         उनको आफ्नो शपतनामा बाट पाएको तथ्य मुताविक, मणिकुमार सुब्बाको जन्म १९५८ सनको १६ मार्चका दिन दार्जिलिङमा भएको हो। उनले आफ्नो बाल्यकाल त्यही बिताएका हुन र पछि सिक्किम अनि आपर असमको तिनसुकीया हुदै अरूणाचल प्रदेश र पछि फेरि असम आएर राजनीति गर्दैगर्दा २०१४ देखि दीर्घदिन बिरामी भई २७ मई २०१९ का दिन दिल्लीको आफ्नो फार्महाउसमा उनको चोला उठेको हो।उनको बाल्यकालको विषयमा वृतान्त केहि नजानिए तापनि उनी असम पसे पछिका केहि छुटमुट घटनटहरू बिभिन्न लेखकहरूको माध्यमबाट पाइनै रहेको हो। १९८४-८८ सनतिर मणिकुमार सुब्बाले अरूणाचलमा आरा काट्ने काम गरेको कुरा र ठेकदारी व्यवसायसँग सम्बन्धित केही रोचक घटनटहरूको बारेमा बोगीरान गोर्खा भण्डारी ज्यूको फेसबुक पोष्टद्वारा अवगत भएको थियो। त्यसताका अरूणाचल प्रदेशका मुख्यमन्त्री के पी थुङ्गनकी बहिनी बिहे गरे पश्चात एम के सुब्बा ज्यू 'ए' क्लास ठेकदार बनेर धेरै ऐश्वर्य बटुलन सक्षम भएका थिए। बिस्तारै उनले 'एम एस एसोसिएसन' को नाममा विभिन्न राज्यमा आफ्नो लटेरी सामराज्य विस्तार गर्दै गएको कुरा पनि जानकारीमा आउँदछ। असमको राजनीतिमा उनलाई असमका प्रयात मुख्यमन्त्री,काङग्रेसी नेता हितेश्वर शयकीयाके ल्याएका हुन्। उनी १९९१ सनमा पहिलोचोटि भारतीय राष्ट्रिय काङग्रेसको टिकटमा नाउवैचा समष्टिबाट विधायक चुनिए, त्यसरीनै १९९६ मा पनि फेरि विधायक बनिएका हुन काङग्रेसको टिकटमा उनी। काङग्रेस दल भित्र उनको प्रभाव यत्तिधेरै थियोकी आफु काङग्रेसको संसद हुदाहुदै २००६ सनमा नाउवैसा समष्टिबाट भाइ एस आर सुब्बालाई उनले निर्दलीय रूपमा विधायक बनाएका हुन। धेरै गोर्खा नेताहरूलाई उनले राजनैतिक संस्थापन दिएका छन् । तिनिहरु मद्धे असम विधान सभाका पूर्व अध्यक्ष तथा पूर्व क्याबिनेट मन्त्री टंकबहादुर राई प्रमुख हुन । १९९८ बाट २००९ सम्म, स्वर्गीय मणिकुमार सुब्बाले १२औं, १३औं र १४औं लोकसभामा असमको तेजपुर लोकसभा समष्टिबाट एप पी चुनिएर गोर्खाहरूको प्रतिनिधित्व गरेका थिए। २००९ सनको लोकसभा निर्वाचनमा असम गण परिषदका प्रार्थी जोसेफ टप्पो सँग परास्त भए पछि, २०१४ सनको लोकसभा निर्वाचनमा उनले कांग्रेसको टिकट पाएनन् र निर्दलीय उम्मेदवारका रूपमा चुनाव लडे। त्यही चुनावमा निर्वाचनी प्रचार सभा गर्दागर्दै बीचमा उनी उच्च रक्तचापग्रस्त एई सिकिस्त बिरामी हुन पुगे र विगत पाँच वर्षदेखि उनी सबै राजनैतिक, सामाजिक, व्यवसायिक कामकाजदेखि देखि टाढिए गए र गए २७ मई का दिन उनको देहान्त हुन्छ।

     असमाक गोर्खाहरुले मणिकुमार सुब्बालाई आफ्नो अभिभावका रुपमा लिएका थिए। असम मात्र नभएर समग्र भारतबर्षकै गोर्खाहरूका अभिभावक थिए उनी। मणिकुमार सुब्बालाई छाडेर सहीअर्थमा भारतमा गोर्खाको अस्तित्वै निरूपण गर्न सकिन्न। असममा 'गोर्खा उन्नयन परिषद्' ल्याउने मूल ब्यक्ति नै हुन मणिकुमार सुब्बा। त‌यसरीनै गोर्खालाई डमिसाइल दिलाउने,  श्रीरामपुर चेकगेटमा पुलिसको शोषण बाट गोर्खालाई उन्मुक्ति दिलाउने, आदि कामपनि सुब्बाकै प्रचेष्टामा भएको हो। गोर्खालाई परेको पीरमर्काको समयमा सदनमा होस या सदनको बाहिर, सुब्बाको आबाज सुनिएकै हुन्छ। उनी आफ्नो जातिलाई औधि माया गर्दथे। लामो समयसम्म 'असम गोर्खा सम्मेलन' का सभापति रहेका मणिकुमार सुब्बाले आफ्नै गोजिका पैसा खर्च गरेर सम्मेलन चलाएको कुरा सर्वविदितै छ। त्यस माथि पनि गोर्खाहरूका कुनैपनि अनुष्ठानमा सुब्बाको आर्थिक सहयोग सवैभन्दा बढी रहेको कुरापनि सर्वमान्य छ । गुवाहाटी पल्टनबजारमा अवस्थित 'असम गोर्खा सम्मेलन' को केन्द्रीय कार्यलाई औँ 'मणिकुमार सुब्बा भवन', मणिकुमार सुब्बा ज्यूको ब्यक्तिगत अनुदानमा बनिएको भवन हो जसलाई लिएर आज गोर्खा जातिले गर्ब गर्छ। ब्यक्तिगत सहाय सहयोगिताको त कुरै नगरौं। गरिब जनताको लागि एक मसिहा थिए उनी। बिरामीको उपचार गर्नु, उनी आफ्नो कर्तव्य ठन्दथे। कुनैपनि जात गोष्ठीको मानिसलाई दिल्लीको आफ्नो फार्महाउसमा राखेर उपचार गराने गर्दथे उनी। धिराइमाजुलीका ललित फएँकले एकदिन भनेको कुरो मेरो कानना आजपनि गुञ्जी रहेको छ। मुटुको सिकित्स बिरामी फएँले भनेका थिए "दाजू सुब्बा नभएको भए म मरेको थिए,  दुईलाख भन्दा बढी रकम खर्च गरेर उनले मलाई बचाए ‌"। सुब्बा ज्यूका दान र उपकारका कथा वर्णन गरेर सकिन्नन्। उनले कहिले पनि सरकारी धन आत्मसात गरेको सुनिएन। उनले कहिले कुनै भष्ट्राचार पनि गरेनन्। उनलाई होच्याउने केहि उपाय नपाएर विरोधीहरूले उनको नागरिकता माथि प्रश्नचिन्न लगाए तर सबै आवेदन आदालतमा खारिज भए। उनको राजनैतिक उत्थान देखेर हाम्रै कतिपय दाजुभाइले उनी माथि 'बलत्कारी' जस्तो अपजस पनि लगाए। तर आदालतले उनलाई निर्दोषी प्रमाणित गर्यो । उनको अनुपस्थिति आज मानिसहरूलाई धेरै खलेको छ।

      एकजना छोरा, छ वटी छोरी र दुईटी बुढी छाडेर गएका मणिकुमार सुब्बा असाद्धे धेरै सम्पत्तिका मालिक थिए। दिल्लीको मैरोलीमा प्रकाण्ड फार्म हाउस, शिवगढीमा फाइबस्टार होटेल, गुवाहाटी, तेजपुर, हारमती आदिमा जगाजमिन साथै विदेशमा पनि होटल भएको कुरा उनकै कान्छी बुढी ज्योति सुब्बाले भनेको अझै पनि याद छ। तीख्न बुद्धि भएका मणिकुमार सुब्बा कांग्रेसमा रहुनजेल अत्यन्त प्रभावकारी नेता हिसाबले रहे। राजनैतिक छेत्रमा रसिलो प्रकारले भाषण दिने नेताका रूपमा परिचित छन् मणिकुमार सुब्बा, जनताका बीच। सरल र मिठो तरिकाले अत्यन्त महत्वपूर्ण कुरहरू उ जनसाधारणका बीचमा राख्थे। नब्बे र सौको दसकमा प्रिन्ट र इलेक्ट्रोनिक मिडियाका अत्यन्त चर्चित ब्यक्तित्व थिए मणिकुमार सुब्बा। प्रचार माध्यम देखि लिएर दिग्गज राजनैतिक हस्तिहरू मणिकुमार सुब्बालाई विदेशी सझाउन लागि परेका थिए, तर सबैजना चित भए। धेरैले उनको चरित्र हनन गरि उनलाई जिउँदै दफनाउँने समेत कोशीस गरे। तर उनको आदर्शका अघि कोहीपनि टिक्न सकेनन्। उनलाई होच्याउने विरोधीहरूको हर प्रयास नाकाम भयो। भाषा, साहित्य, संस्कृतिलाई असाद्धे माया गर्ने सुब्बा ज्यूको मृत्युले अमरत्व पावोस त्यही कामना गर्दछु साथै उनको विरासतकाई जीवित राख्न उनको नाममा एउटा ट्रष्ट गठन गर्न परिवारवर्गलाई अनुरोध गर्दछु। जय गोर्खा।

लेखक:ओम प्रकाश बस्नेत


Post a Comment

Previous Post Next Post