Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

शैक्षिक अवसरमा बेवास्ता भोग्दै गोर्खा विद्यार्थी: संस्था नेताहरूको मौनता र प्रभावहीनता पुनः प्रश्नको घेरामा



"गोर्खा समुदायको भाषा र शिक्षाको अधिकारप्रति गम्भीर प्रश्न: असम नेपाली साहित्य सभा उच्च शिक्षा विभागको बैठकमा निमन्त्रित"

"शैक्षिक अवसरमा बेवास्ता भोग्दै गोर्खा विद्यार्थी: संस्था नेताहरूको मौनता र प्रभावहीनता पुनः प्रश्नको घेरामा"


Nelive24: असम सरकारको उच्च शिक्षा विभागले 21 नोभेम्बर 2024 मा जनता भवन, दिसपुरस्थित कन्फरेन्स हल (आई-ब्लक) मा आयोजना गर्न लागेको महत्वपूर्ण बैठकमा असम नेपाली साहित्य सभा (ANSS) लाई विशेष निमन्त्रणा गरिएको छ। बैठक असम समझौताका धारा 6 अनुसार न्यायमूर्ति बिप्लब कुमार शर्मा उच्चस्तरीय समितिको सिफारिसअनुसार स्वदेशी भाषाहरू पढाउन कलेजहरूमा शिक्षकहरूको नियुक्तिबारे केन्द्रित हुनेछ।

यो बैठकले गोर्खा भाषा र साहित्यको शैक्षिक भविष्यलाई बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। तर, यस्ता अवसरहरूमा संस्था नेताहरूको उपस्थिति र भूमिका पटकपटक प्रश्न उठाउने ठाउँमा रहेको छ। नेताहरू चिया-बिस्कुट खाँदै फोटो खिच्नमै सीमित हुने कि बैठकमा ठोस र प्रभावकारी सुझाव राख्ने भन्नेबारे समुदायमा उत्सुकता र चिन्ता देखिएको छ।


हालै आयोजित हुने TET परीक्षामा नेपाली MIL (Modern Indian Language) भएका विद्यार्थीहरूलाई आवेदनको अनुमति नदिइएको गम्भीर मुद्दामा कुनै संस्था वा नेतृत्वले आवाज उठाएको देखिएन। यस्ता घटनाले गोर्खा समुदायको शैक्षिक अधिकार र पहिचानप्रति गम्भीर प्रश्न खडा गरेको छ।

यस पटकको बैठकले गोर्खा भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका साथै शिक्षाको अधिकार सुनिश्चित गर्न असम नेपाली साहित्य सभाका नेताहरूले कस्तो कदम चाल्छन् भन्ने महत्वपूर्ण हुनेछ। यो अवसरमा केवल मौनता होइन, ठोस कार्ययोजना अपेक्षित छ।



Post a Comment

Previous Post Next Post