Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पदत्याग कि बहिष्कारको पूर्व आभास? असम गोर्खा सम्मेलनमा विवादको गहिरो चासो

 पदत्याग कि बहिष्कारको पूर्व आभास? असम गोर्खा सम्मेलनमा विवादको गहिरो चासो

Nelive24: असम गोर्खा सम्मेलनको महिला प्रकोष्ठकी प्रमुख आह्वायिका दक्षीना देवी गजुरेलको पदत्याग अहिले व्यापक रूपमा चर्चा र विवादको विषय बनेको छ। विश्वसनीय स्रोतका अनुसार, गत शनिबार गोर्खा संगठनको केन्द्रीय पदाधिकारी बैठकमा दक्षीना देवीलाई बहिष्कार गर्ने विषयमा छलफल भएको थियो। यस बैठकमा गजुरेललाई संगठनबाट अलग गर्ने सम्भावनामा विचार गरिएको थियो, जसको परिणामस्वरूप उनले पदत्याग गरेको आशंका गरिएको छ।

गजुरेलले गत उपनिर्वाचनका दौरान एक विशेष राजनैतिक दलको पक्षमा संस्थाको नाम प्रयोग गर्दै सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गरेकी थिइन्। यसले गोर्खा सम्मेलनको अन्य सदस्यहरूसँग असन्तोषको वातावरण सिर्जना गरेको थियो। उनले पार्टीको प्रचारमा संस्थाको नामको प्रयोग गर्दा गोर्खा सम्मेलनको अराजनैतिक र निष्पक्ष चरित्रमाथि प्रश्न उठेको छ। यस कारणले गोर्खा सम्मेलनका केन्द्रीय सदस्य मनोज गौतमसमेत पदबाट राजिनामा दिन बाध्य भएका छन्। स्रोतका अनुसार, गजुरेलको पदत्यागको मुख्य कारण संगठनको सिद्धान्तसँग मेल नखाएको र व्यक्तिगत राजनीतिक विचारधारामा उभिएको हो।

अब मुख्य प्रश्न यो उठ्छ कि "संस्थाको नाम बेचेर कुनै राजनैतिक दलको पक्षमा उभिनु कति उचित हो?" गोर्खा सम्मेलनको नेतृत्वले अराजनैतिक र निष्पक्ष रहेको दावी गर्दै आएको छ, तर यस घटनाले यस सिद्धान्तमा ठूलो प्रश्न उठाएको छ। के अब गोर्खा सम्मेलनको नेतृत्वले आफ्नो मूल उद्देश्य र सिद्धान्तको रक्षा गर्न सक्नेछ? के यस घटनाले गोर्खा सम्मेलनको भविष्यमा गम्भीर असर पुर्याउने छ?

यस घटनालाई लिएर थप विश्लेषण र अन्वेषण आवश्यक छ, र हामी सबैले पर्खिरहेका छौँ कि आगामी दिनमा यो विवाद कस्तो मोड लिन्छ र संगठनको भविष्य कस्तो हुनेछ।

Post a Comment

Previous Post Next Post