Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

१५ अक्टोबर भित्र D Voter मेटाउन आफ्नु विधान सभा क्षेत्रको ERO लाई आवेदन गरने साझा आह्वान

गोर्खा D Voter मेटाउन हेतु असमेलि गोर्खा शिष्टमण्डलले असमको मुख्य चुनाव अधिकारी, संग भेट वार्ता 


Nelive24: गुवाहाटी असम : भारतीय गोर्खा परिसंघ, असम राज्य समिति को उद्योगमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) र गोर्खा उन्नयन परिषद, असमको अध्यक्ष प्रेम तामाङ को साथमा गत मंगलबार असेमेली गोर्खा को शिष्टमण्डल टोली असमका  मुख्य  चुनाव अधिकारी भारतीय प्रशासनिक सेवाका प्रधान सचिव दायित्वमा रहेका विषया श्रीअनुराग गोयलसंग गोर्खा D Voters मेटाइने क्रममा नियमावली सहजीकरण हेतु भेट वार्ता गर्दछ। यही वार्ता मा भारतीय गोर्खा परिसंघ, द्वारा प्रस्तुत गरिएको D Voters Correction Application Form साथै Documents suggested for Verification of D Voters लाई केही सच्चाएर एक मत मा पुगिन्छ।  यी आवेदन फर्म अनि दस्तावेज तालिका अखिल असम गोर्खा छात्र संघ को असम भरीको विशाल नेटवर्क मार्फत सार्वजनिक गरिन्छ। दुइटै दस्तावेज ३० सेप्टेम्बर २०२३ बाट AAGSU को अंचलिक समिति अथवा जिल्ला समितिका नेतृत्व/ कार्यालय बाट प्राप्त गर्नु सक्नु हुने छ। 

आगामी १५ अक्टोबर २०२३ मुठ्यै १५ दिन भित्र दुइटा पासपोर्ट फोटो सहित आवेदन पत्र भरेर नजिक को ERO ( Electoral Registration Officer ) लाई बुथ लेभल अफिसर ( BLO) मार्फत D भोटर लागेको भोटर तालिकाको Xerox कपी सहित आफ्नु व्यक्तिगत जानकारी भरेर कुनै पनि सरकारी / स्कुल, कलेज आदि परिचय पत्र ( Identity Card) यानी Proof of Indentity (PoI) साथै आफ्नु पुर्खाको 1971 सन अघिको NRC आवेदन गरिएको बेलाको लिगेसी दस्तावेज या कुनै पनि सरकारी कागजात ( 1971 या अघिको)  सहित त्यस पुर्खा/ पूर्व पुरुष/ व्यक्ति संगको लिंकेज दस्तावेज ( Linkage Documents) जस्तै पान कार्ड (PC) / ड्राइभिङ लाइसेन्स ( DL) / आधार कार्ड ( Aadhar Card) या PoI मा जम्मा दिएको कागज भए पनि हुन्छ दिएर जसमा आवेदनकारी को पोस्टल ठेगाना पनि उल्लेख होस, आवेदन गर्नु आहवान गरिएको छ।

'जम्मै  D Voters गोर्खा जनता लाई चाडै आफ्नु अञ्चलको गोर्खा जातिय, सामाजिक संस्था ( भागोप, आ गो स), छात्र संस्था आग्सु संग संपर्क गरेर चाडै नै D भोटर मेटाउन हेतु माथी भनिएको दस्तावेज सहित आफ्नु विधान सभा निर्वाचन क्षेत्रको ERO ( Electoral Registration Officer) लाई भेट गरी अक्टोबर १५ भित्र आवेदन गर्नु अनुरोध गरिन्छ।' , जनाए भारतीय गोर्खा परिसंघ, असम का मुल सचिव नन्द किराती देवानज्यूले.

शिष्ट मण्डलमा असम प्रदेश भारतीय गोर्खा परिसंघ का अध्यक्ष श्रीअमर अधिकारी, मुल सचिव श्रीनन्द किराती देवान राष्ट्रिय सयुक्त महासचिव श्रीप्रकाश दाहाल साथै अखिल असम गोर्खा छात्र संघ का सभापती श्रीअर्जुन छेत्री गोर्खा उन्नयन परिषद् का अध्यक्ष श्रीप्रेम तामाङ्ग पनि सहभागी थिए।

अखिल असम गोर्खा छात्र संघ ले सन् २०१७-१८ प्रेम तामाङ्ग सभापती हुँदै बाटनै D Voters समस्या समाधानको लागि विभिन्न कदम चाली आएको सर्वविदितनै छ। AAGSU को अगुवाइमा भारत सरकारको गृह मन्त्रालय संग भएको त्रिपक्षीय वार्ता भएपछि आएको वार्ता पछि नै परिसंघले यो मुहिम चलाएको हो।  त्यसबेला भा गो प असम राज्य समिति अध्यक्ष तथा गुवाहाटी उच्च न्यायालयको अधिवक्ता श्री नित्यानन्द उपाध्याय अखिल असम गोर्खा छात्र संघका कानूनी सल्लाहकार भएको हुँदा भा गो प ले आग्सु संग सहकार्य गरी आएको कुरा पनि सर्वविदित नै छ। २०१९ भा गो प देहरादून घोसना पत्र पछिनै परिसंघले भारतीय चुनाव आयोग ( Election Commission of India) लाई निर्वाचन भवन, नयाँ दिल्ली मा भेट गरी ज्ञापन बुझाएको हो। त्यसपछि यसको followup स्वरूप भारत सरकार को गृह मन्त्रालयको तत्कालीन उत्तर पूर्व अञ्चलको संयुक्त सचिव सत्यन्द्र गर्ग लाई भेट गरी ज्ञापन दिएपछि भारत सरकारको सुझाव अनुसारनै असमको गृह बोर्डर र राजनैतिक विभागका तत्कालीन आयुक्त सचिव आशुतोष अग्निहोत्री लाई पनि सो ज्ञापन बुझाउँछ। केही महिना पछि फेरि ई विषय लिएर परिसंघका नेतृत्वले असम सरकार को तत्कालीन मुख्य सचिव श्री आलोक कुमार संग पनी भेट गरी विस्तृत जानकारी गराएको हो। वहाँ बाट सरकारको प्रशासनिक स्तिथि बुझें पछि असम सरकारको राजनैतिक नेतृत्वलाई गुवाहाटी उच्चतम न्यायालय मा Interlucatory Application (IA) फाइल गरेर प्रेम तामाङ्ग तो सभापतित्व मा भएको AAGSU र भारत सरकार  को गृह मन्त्रालय बिचमा भएको वार्ताको लिखित मिनेट र वहाँको दिशा निर्देश लाई असम सरकार ले पालन गर्नु हेतु गुवाहाटी उच्च न्यायालय अधीन रहेको जम्मै विदेशी न्यायाधिकरण ( Foreigners Tribunal) मा D Voters छानबिन गर्दा संग्यान मा लियोस भएर आवेदन निवेदन चढाएको हो। यसै सम्बन्धी विस्तृत जानकारी तत्कालीन असमको मुख्य चुनाव आयुक्त श्रीमुकेश चन्द्र साहु लाई पनि भेट गरी ज्ञापन बुझएको हो। केही दिन पछी मात्र पाइलट प्रोजेक्टको रुपमा Election Commission of India ले असम को गोर्खा जन बहुल तिन्सुकिया जिल्लाको मा D Voter भेरीफिकेशन को काम सुरु गर्न नोटिफिकेसन आई सकेको हुँदा कोबिद कालिन ( COVID 19) परिस्थिति जम्मै काम रोकियो । गुवाहाटी भएको भा गो पको २० औं राष्ट्रिय परिषद सभा २०२० यस विषय मा असम राज्य समितिले D Voters को समस्याको हल हुन्जेल काम गरी जाने प्रस्ताव पारित हुन्छ अनि श्रीप्रकाश दाहाल, श्रीललित सुब्बा र श्रीविमल प्रधान राज्य समितीको मुल अधक्ष्य, कार्यकारी अध्यक्ष अनि मुल सचिव को दायित्व मा चुनिन्नु हुन्छ । यसै सभामा नन्द किराती देवान लाई भारतीय गोर्खा युवा परिसंघ ( भा गो यु प) को राष्ट्रिय सभापती को पद को सपथ लिए पनि असम राज्य समितिमा संयुक्त मुल सचिव साथै मुख्य प्रवक्ताको अतिरिक्त दायित्व अर्पण गर्दा छ। यस अघि नित्यानन्द उपाध्याय र प्रकाश दाहालको जोडीले आग्सु संग सहकार्य गर्दै आएको थियो। २०२०-२०२३ सनको निम्ती गठन गरिएको समितिले पनि यसमा कदम चाल्दै COVID 19 परिस्थिति छुट दिएको बेला मा सङ्गठन पुरुष सुखमान मोक्तान, भारतीय गोर्खा परिसंघका राष्ट्रिय अधक्ष्य को उपस्थितिमा असम सरकार को तत्कालीन मुख्य सचिव श्रीकुमार सञ्जय कृष्ण लाई भेट गरी Clause VI माथि भा गो प असम को श्वेत पत्र ( white paper) सुम्पिन्दा पुनः D Voters को समस्या माथि चर्चा हुन्छ। 

मुख्य सचिवको भनाई अनुसार प्रशासनिक काम भन्दा अघि राजनैतीक इच्छा चाहिएको कुरा बुझे पछी, मुख्यमंत्री ज्युलाई नै सो ज्ञापन मुख्य सचिव मार्फत दिया जान्छ। यी सबै जानकारी त्यसबेला मीडिया मा आएको छ विभिन्न मीडिया लगायत असमको एक मात्र गोर्खा भाषा को दैनिक समाचार पत्र हाम्रो प्रजाशक्ति ले निरन्तर छापी आएको छ। 

यस निरन्तरताको फल स्वरूप नै असम सरकारको क्याबिनेट ले गोर्खा हरुको D Voter समस्या समाधान हेतु सिद्धान्त लिएर विदेशी न्यायाधिकरण (FT) हरु लाई केस चली रहेको गोर्खा D Voter हरु केस सिद्धियानु आग्रह गर्नु साथ अब उप्रान्त बोर्डर पुलिस लाई नयाँ केस FT मा नपठाउनु निर्देश प्रदान गर्दछ अनि FT लें पनि नयाँ नोटिस जारी नगर्नु भनिन्छ। यसरी Foreigners Tribunal (FT) मा चली रहेको D Voters केस मा common order पास गर्दै सकिन्छ।

तर भोटर लिस्ट मा D अंकित भएपनि FT मा केस नै नपुगेको बहुत व्यक्ति हरु छोडिए अनि गत जनुवारी २०२३ मा छापिएको ड्राफ्ट भोटर लिस्ट मा D नै आए पछि परिसंघ ले फेरि यस विषयमा अधिक तिब्रताका साथमा कदम चाल्दा छ। नोभेम्बर महिना प्रधान मन्त्रीलाई चिठ्ठी लेखेर उनको सपनाको पनि गोर्खा को सपना हो भनिएको विषयलाई सम्झना गराउदा केही जिल्ला बाट उपयुक्त लाई जिल्ला निर्वाचन विषया रूप मा यस सम्बन्धी ज्ञापन बुझाएको हो। त्यसपछि गत मार्च महिनामा श्रीअमर अधिकारी र श्रीनन्द किराती देवान को नेतृत्वमा भारतीय चुनाव आयोग (Election Commission of India) असम भ्रमण क्रममा मुख्य चुनाव आयुक्त श्री राजीव कुमार अरु दुई चुनाउ आयुक्त का साथमा असम का मुख्य चुनाव विषया ( Chief Electoral Officer , Assam) लाई भेट गरी यस विषय मा गोर्खा माथि D Voter को नाममा भएको अकथ्य अन्याय, मानसिक अत्याचार अनि राज्यले गरेको अपमान को कुरा राखियो। भारतीय गोर्खा परिसंघले २०१९ बाटनै गोर्खा अब आफूलाई भारतीय नागरिक प्रमाण गर्न विदेशी न्यायाधिकरण नजाने घोसनाको स्मरण राष्ट्रीय समाचारपत्र मा प्रकाशित दस्तावेज देखाएर गराइन्छ। यस विषयमा भारतीय चुनाव आयोग का मुख्य चुनाव आयुक्तले गम्भीरता पूर्वक लिएर यस विषय माथी गोर्खाको समस्या समाधान हेतु आयोग ले दिशा निर्देश दिने कुरा अवगत गराए।

 स्मरण रहोस् माथि उल्लेखित ' गोर्खा FT नजाने ' घोसना राजधानीमा दिसपूर प्रेस क्लब मा  पत्रकार भेलामा गरिएको हो। भारतीय गोर्खा परिसंघ का राष्ट्रीय अधक्ष्य स्वर्गीय  सुखमान मोक्तानज्यू र राष्ट्रीय समितिको टोली असम भ्रमण पछि NRC मा नाम छुटिएको परिवार लाई भेट गरी D Vote को समस्याले नै छुटिएको थाहा लागे पछि, कानुनी सल्लाहकार अनि राज्य समितीको NRC विषेशज्ञ उपसमितिको सुझाव अनुसार ' गोर्खा अब FT मा नागरिकता प्रमाण गर्नु नजाने ' निर्णय सार्वजनिक गरिन्छ र यस सिद्धान्त लाई आग्सु ले समर्थन गर्दै राजधानीमा धर्ना कार्यसूची सफल पार्छ।

यस्तै केस हरुको पनि समाधान हुनु पर्दछ भनेर बल दिए पछि भारतीय चुनाव आयोग (ECI) ले गत मई महिनामा मुख्य चुनाव अधिकारी ( CEO, Assam ) लाई पत्रचार गरेर गुवाहाटी उच्च न्यायालयको श्रीमती इन्दिरा नेवार अन्य को D भोटर विषयको मुद्दाको आदेश अनुसार गोर्खाको D Voter समस्या समाधान गर्नु निर्देश जारी गर्दा छ। सोही निर्देश असमको मुख्य चुनाव अधिकारी ले जिल्ला आयुक्त एवम‌‌ जिल्ला चुनाव अधिकारी लाई पत्राचार गरेर दायित्व अर्पण गर्दाछ। त्यस पछि भारतीय गोर्खा परिसंघ ले जिल्ला आयुक्त लाई भेट गरी जिल्ला चुनाव अधिकारी ( District Election Officer) हेसियत लें सबै चुनाव पञ्जियण अधिकारी ( Electoral Registration Officer) लाई निर्देशनवाली ( guidelines/ SOP) दिएर D Voter हटाइने प्रक्रिया थालनी गर्नु अनुरोध गरिन्छ। DEO मार्फत ERO लाई पत्राचार भए पनि SOP/ Guidelines स्पष्ट नआएको हुँदा ERO ले आवेदन मात्र जिम्मा लिन्छ तर कुनै ठोस काम न चालेको थाहा पाएपछि परिसंघ को नेतृत्वले ERO अनि Election Officer ( EO) साथै चुनाव सम्बन्धी दायित्व मा रहनु भएको अतिरिक्त जिल्ला आयुक्त ( Additional District Commissioner) संग पनि भेट वार्ता गरी मुख्य चुनाव अधिकारी ( CEO) संग पत्राचार गरने सिद्धान्त लिइन्छ।  त्यस सिद्धान्त अनुसार गत २३ अगस्ट २०२३ को दिन ईमेल मार्फत पत्राचार गरिन्छ । हालै यस विषयमा सम्झना गराउन CEO, असम संग टेलिफोन मा वार्तालाप र ईमेलमा पछि  भा गो प को अगरताला कार्यक्रम सकेर गुवाहाटी भेटेवार्ता गरी विषय माथि अन्तिम निर्णय लिने कुरा मा सहमति हुन्छ।  त्यै सहमति अनुसार मंगलबार असमको मुख्य चुनाव अधिकारी श्री अनुराग गोयल IAS संग भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको नेतृत्वमा एक उच्चस्थरिय असीमेली गोर्खा को टोली को भेट जनता भवन कार्यालय, दिसपुर गुवाहाटी मा हुन्छ। यस भेटवार्ता पछि उपरोक्त सहमति हुन्छ।

Post a Comment

Previous Post Next Post