Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

बोडोल्याण्ड विश्वविद्यालय छात्र संघको चुनाव २०२२-२३ मा निर्विरोध चुनिए बिजय सिंह लामा

कोक्राझार, ०२ नोभेम्बर: बीटीआरको एक अग्रणी शिक्षा संस्थान बोडोल्याण्ड विश्वविद्यालय छात्र संघको चुनाव २०२२-२३ मा निर्विरोध चुनिए बिजय सिंह लामा। 

थाहा लागे अनुसार, उनीले अखिल असम गोर्खा छात्र संघ समर्थित उम्मेदवारको रूपमा समाज सेवा विभागको सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका थिए भने उनी निर्विरोध निर्वाचित भएका छन्।

यता, उनको सफलतामा हर्षित हुँदै अखिल असम गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिले अभिनन्दन टक्राए।

उल्लेखनीय छ, गत् वर्ष बोडोल्याण्ड विश्वविद्यालयको मिस्टर फ्रेशर्स बन्न सफल भएका बिजय सिंह लामा ओदालगढी जिल्ला अन्तर्गत शुक्लाई निवासी छात्र हुन्।

Post a Comment

Previous Post Next Post