Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आरोहण पुस्कारले पुरस्कृत समाजसेवी चन्दन बरालले देखाए समाज सेवाको उत्कृष्ट निदर्शन

ओदालगढी, २५ सितम्बर:  समाजिकरणको मायाजाल र आधुनिकताको माझमा समाज व्यक्ति केन्द्रित हुदै गएको बेला पनि समाजमा समानता, दान र सहयोग गर्ने युवाहरुको कमी छैन। फेरि एकपटक त्यही निदर्शन देखाएका छन् ओदालगढी जिल्लाका हाविगाउँ निवासी समाजसेवी चन्दन बरालले।

चन्दन बराल विगत सात वर्षदेखि गाउँका दिनहारा परिवारहरुको साहारा भई उभिएका छन्। स्वास्थ्य, पारिवारिक असुविधा चाड़ पर्वहरुमा समाजका एकदमै पछौटे वर्गमा रहने समूहलाई आफ्नो गच्छे अनुसार सहयोग पुर्‍याउदै आएका छन् चन्दन बरालले।

हालै आरोहण आर्टिष्टि गील्डको उद्योगमा डा. भुपेन हाजरीकाको स्मृतिमा आयोजित सम्मान समारोहमा आरोहण पुरस्कारले पुरस्कृत चन्दन बरालले समाजका दिनहीनहरुलाई  सहयोग पुर्‍याउदै आएका छन्। चाह त्यो आर्थिक सहयोग होस् या सामग्रीले होस। एकजाना कर्मठ समाजसेवी चन्दन बरालले यसरी विभिन्न समयमा आफ्नो कार्यले उदारताको प्रमाण दिईआएका छन्।

उल्लेखनीय छ कि चन्दन बराल महान गोर्खा चिन्तक, साहित्यकार प्रयात ईन्द्र कान्त कार्कीको जुवाई हुन भने जुनसुकै समयमा पनि समाजमा कसैलाई असुविधा हुँदा उभिने चन्दन बराल VCDC का अध्यक्ष पनि हुन्। उदार दिल भएका युवा समाजसेवी चन्दन बराललाई हाम्रो तर्फबाट पनि धेरै शुभकामना।

Post a Comment

Previous Post Next Post