दार्जिलिङ,०८ डिसेम्बर: बुधबार तामिलनाडुको कुन्नुरमा भारतीय सेनाको अत्याधुनिक एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दार्जिलिङ तकदाह चियाकमान ग्लेनबर्न निवासी हवल्दार सतपाल राईको पनि निधन भएको थाहा लागेको छ।
जानकारी अनुसार, उनी चीफ अव डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावतका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) थिए।
हवल्दार सतपाल राईले आफूपछि आमा, पत्नी र एकजना छोरालाई छाडिगएका छन्। यता सतपाल राईको छोरा पनि भारतीय सेनामा कार्यरत रहेको थाहा लागेको छ।
Post a Comment