Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आग्सुका सभापति अर्जुन छेत्रीसित भेट गर्‍यो आग्सु गुवाहाटी विश्वविद्यालय एकाईले

गुवाहाटी, १४ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सभापति अर्जुन छेत्रीसित आज गोर्खा छात्र संघ गुवाहाटी विश्वविद्यालय एकाईको एउटा टोलीले भेटवार्ता गरेको छ।

जानकारी अनुसार, अखिल असम गोर्खा छात्र संघ गुवाहाटी विश्वविद्यालय एकाईका सभापति त्रिशङ्कर भट्टराई र मूल सचिवा करिश्मिता देवीको नेतृत्वमा गएको टोलीले अर्जुन क्षेत्रीसित भेट गरी प्रत्येक वर्षझैं यस वर्ष पनि गुवाहाटी विश्वविद्यालयमा रमाइलो भेटघाट कार्यक्रम आयोजन गर्ने सन्दर्भमा चर्चा गर्दछ।

यता, अखिल असम गोर्खा छात्र संघ गुवाहाटी विश्वविद्यालय एकाईको टोलीले गुवाहाटी विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरुले प्रकाश गर्दै ल्याएका अनुसन्धानमूलक स्मारिका 'लोहित पुत्र' प्रकाशन सन्दर्भमा पनि अखिल असम गोर्खा छात्र संघका सभापति अर्जुन छेत्रीसित चर्चा गर्दछ भने यस वर्ष 'लोहित पुत्र' प्रकाशनको सम्पूर्ण जिम्मेवारी आग्सु केन्द्रीय समितिले लिने आश्वासन अर्जुन छेत्रीले दिएको उक्त टोलीले बताउँछ।

Post a Comment

Previous Post Next Post