Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

ओदालगुडीमा कृष्ण कार्कीलाई गोर्खा छात्र संघ र अनेसासले गर्‍यो अभिनन्दन

ओदालगुडी, ०७ सितम्बर: अखिल असम गोर्खा छात्र संघ उदालगुडी आञ्चलिक समिति र असम नेपाली साहित्य सभा उदालगुडी शाखा समितिकाे सौजन्यमा चलिरहेको SSC GD काे कर्माशालामा शारिरीक प्रशिक्षकको रूपमा सघाउ पुर्‍याउमे भारतीय सेना कृष्ण कार्कीलाई अखिल असम गोर्खा छात्र संघ ओदालगुडी आञ्चलिक समिति र असम नेपाली साहित्य सभा ओदालगुडी शाखा समितिले उनी प्रति कृतज्ञता प्रकट गर्दै दुवै संगठनले एउटा एउटा मानपत्रले अभिनन्दन जनाएको छ। जानकारी अनुसार, कृष्ण कार्की आफ्नो छुट्टिमा घर फर्किएको समयमा प्रशिक्षार्थीहरुलाई शारीरिक प्रशिक्षण दिइरहेका थिए भने आफ्नो कर्मस्थल फर्किनु पर्ने हुनाले यसरी दुवै संगठनले अभिनन्दन गरेको हो।

अखिल असम गोर्खा छात्र संघ ओदालगुडी आञ्चलिक समितिका सभापति मनोज कुमार राउतले सञ्चालन गरेको अभिनन्दन कार्यक्रममा असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका मूल सचिव मोहन कुमार राउत, धनश्रीघाट आञ्चलिक समितिका सभापति पेम्बा तामाङ, उप सभापति विक्रम काफ्ले लगायत असबोर्फ एकेडेमीका विषय शिक्षक लक्ष्मण तिम्सिनाको उपस्थिति रहेको थियो।

यता आउँदो दिनहरूमा शारीरिक प्रशिक्षण दिने प्रशिक्षक राजीव थापा पनि अभिनन्दन कार्यक्रममा उपस्थित थिए।

Post a Comment

Previous Post Next Post