Nelive24:२५-०९-२०२१,गुवाहाटी: असम नेपाली साहित्य सभाका शिक्षा सचिव ड° खगेन शर्माले जानकारी गराए अनुसार गुवाहाटीको कटन विश्वविद्यालयमा नेपाली डिप्लोमा कोर्स प्रारम्भ हुन गैरहेको छ उनि अरु थपकुरा भन्दै संजालमा लेख्छन " विगत 2018 देखिको हाम्रो पहलले आंशिक सफलता प्राप्त गऱ्यो।
हामीले कटन विश्वविद्यालयमा Centre for Nepali culture and Language को स्थापनाको माग गरेका थियौँ, तर विश्वविद्यालयले Centre for Language Culture and Art स्थापना गरी त्यसमा चाहिँ यसै सत्र 2021-22 देखि Satriya, Art र Functional Nepali को PG Diploma course सुरु गर्ने भएको छ।
UGC को नियमावलीअनुसार 32 देखि 40 क्रेडिटको यो कोर्स 400 नम्बर हुने छ अनि दुइटा सेमिस्टरमा बाँडिएर एक बर्से रेगुलर कोर्स हुन्छ, जसमा नेपालीभाषी तथा गैरनेपालीभाषीले जसले पनि एडमिसन लिन सक्छन्, यसका लागि सेलेबस बनाउने काम हुँदै छ।
उत्तराखण्ड मुक्त विश्वविद्यालय, केके हेन्डिक स्टेट ओपेन युनिभर्सिटीमा चल्ने कोर्स मुक्त तथा खुल्ला कोर्स हुन् भने यो चाहिँ रेगुलर कोर्स हो। कुनै पनि स्नातक उत्तीर्णले यसमा एडमिसन लिन सक्छन्। गुवाहाटीको पानबजारस्थित कटन विश्वविद्यालय (www.cottonuniversity.ac.in)ले नेपाली भाषाका लागि एउटा नयाँ अध्याय थपिदिएको छ। यो वर्ष त नेपाली भाषाका लागि सुनौलो वर्ष पो ठहरिने भयो क्यार। सबै थोक ठिकठाक रह्यो भने आउँदो डिसेम्बर 2021 मा एडमिसन खुल्न सक्छ। अब हाम्राहरूले पढ्नु पऱ्यो।
----अर्को कुरा पनि जोडी राखौँ--- भारतीय भाषा संस्थान(CIIL) ले 2009 मा प्रकाशन गरेको ‘नेपाली लेखन शैली’(Nepali Style Manual) पनि रिभिजन गर्ने हाम्रो मागलाई स्वीकारेकाले सो रिभिजन मिटिङ गरी यसै वर्ष सो पुस्तक प्रकाशन गर्नु छ, साथै सो पुस्तकलाई वेबसाइट पनि उपलब्ध गराउने प्रयास रहने छ, अर्थात् नेपाली हिज्जेलगायत अन्यान्य बुँदाहरूमाथि काम गर्नु छ।"
Post a Comment