Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

टोकियो ओलम्पिकमा गोल्ड जितेर देशको गौरव बढाए भारतीय खेलाडी नीरज चोपडाले

न्युज डेस्क, ०७ अगस्त: एउटा खुशीको खबर। टोकियो ओलम्पिकमा भारतका जेभलिन थ्रोलर नीरज चोपडाले गोल्डको पदक हत्याउन सफल भएका छन्। उनी एथ्लेटिक्समा गोल्ड जित्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन्। 

भारतीय खेलाडी नीरजले फाइनलमा ८७.५८ मिटर टाढा भाला फ्याँक्दै गोल्ड जितेका हुन्।यता ८६.६७ मिटर टाढा भाला फ्याँक्दै चेक रिपब्लिकका जाकुब भेदलेचले रजत पदक जित्न सक्षम बने भने ८५.४४ मिटर टाढा भाला फ्याँक्दै चेक रिपब्लिककै भितेस्लाव भेसेलीले कांस्य पदक जितेका छन्। भारतका नीरज चोपडाले छनौट चरणमा ८६.६५ मिटर टाढा भाला फ्याँकेर आफ्नो समूहको शीर्षमा रहेका थिए।

अर्कातिर, भारतीय खेलाडी बजरङ्ग पुनियाले कुस्तीमा कास्य पदक जित्न सफल भएका छन्। पुनियाले ६५ केजी वर्गमा कजाकिस्तानका दाउलेट नियाजबेकोभलाई ८-० ले पराजित गरेका हुन्।

Post a Comment

Previous Post Next Post