गुवाहाटी,०६अगस्त: सत्य प्रमाणित भयो NE LIVE 24 मा प्रकाशित समाचार। असम विधानसभा बजेट सत्रको १० औं दिन शुक्रबार सत्तारूढ मित्र दल भाजपा, युपीपीएल र अगपका मन्त्री-विधायकहरुले गोर्खाहरुको जातीय पहिरन खादा लगाएको देखियो। गत् केही दिन अघि सरकारी सूत्रबाट प्राप्त सूचना अनुसार हामीले प्रकाश गरेको समाचार सत्य प्रमाणित भएको छ भने सतन्त्रता पछि पहिलो पटक सार्वजनिक रुपमा गोर्खा पहिरणले असम विधानसभामा मर्यादा पाएकोमा असमका गोर्खा जनताहरुको साथै गोर्खा राजनेता र संस्था-संगठनहरुले पनि प्रतिक्रिया व्यक्त गरेका छन्।
बरसोला विधानसभा क्षेत्रका विधायक गणेश कुमार लिम्बूले विधानसभाका सभामुख विश्वजीत दैमारी र राज्यका मुख्यमन्त्री ड. हिमन्त विश्व शर्मालाई धन्यवाद टक्र्याउँदै विधायक तथा मन्त्रीहरुसँग गोर्खा खदा लगाएको एउटा फोटो प्ररण गरेका छन्। अर्कातिर सामाजिक सञ्जाल मार्फत गोर्खा उन्नयन परिषद, असमका अध्यक्ष प्रेम तामाङ्ग, अखिल असम गोर्खा छात्र संघका केन्द्रीय सभापति अर्जुन छेत्री र असम राज्यिक परिवहन निगमका अध्यक्ष अशोक भट्टराईले भाजपा नेतृत्वको असम सरकार तथा राज्यका मुख्यमन्त्रीलाई धन्यवाद एवम् कृतज्ञता प्रकट गरेका छन्।
उल्लेखनीय छ, असम विधानसभामा सत्तारूढ़ दलले असमको प्रत्येक रैथाने समूदायको जातीय पहिरण लगाउने कार्यक्रम शुरु गरेको थियो। त्यसै क्रममा आज गोर्खा खदा विधानसभा सत्रमा लगाइएको देख्न पाइयो।
Post a Comment