गान्तोक, २७ अगस्त: सिक्किमका साहित्यकार शङ्करदेव ढकालले 'साहित्य अकादमी पुरस्कार-२०२०' प्राप्त गरेका छन्। उनको 'किरायको कोख' नामक उपन्यासले यसवर्षको साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो।
जानकारी अनुसार, यस वर्ष पुरस्कारका लागि कृति छनौट गर्ने तीन जुरी सदस्यमा प्रेम प्रधान, युवराज काफ्ले र डा. शान्ति छेत्री थिए भने तीनजना जुरीमध्ये दुईजनाले 'किरायको कोख'लाई छनौट गरेका हुन्। वर्ष २०२०-को नेपाली भाषातर्फ भारतीय नेपाली भाषा साहित्यका अग्रणी लेखक शंकरदेव ढकालको प्रसिद्ध पुस्तक 'किरायको कोख'लाई साहित्य अकादमी पुरस्कार-२०२०' प्रदान गरिने साहित्य अकादमी नयाँ दिल्लीका अध्यक्ष डा. चन्द्रशेखर कम्बारले अकादमीको पक्षमा गत् २५ अगस्तको दिन प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन्।
उल्लेखनीय छ, शङ्करदेव ढकाल साहित्य अकादमी नेपाली परामर्श समितिका एकजना सदस्य पनि हुन्।
Post a Comment