विश्वनाथ, १६ अगस्त: देशको स्वतन्त्रता दिवसको दिन विश्वनाथ जिल्लाको कछारी मैदानमा सम्पन्न भएको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा विश्वनाथ जिल्ला प्रशासनले युवा साहित्यकार अञ्जन वासकोटालाई अभिनन्दन गर्यो।
जानकारी अनुसार, विश्वनाथ जिल्ला प्रशासनले कूल १७ जना व्यक्तिलाई अभिनन्दन गरेको थियो भने अञ्जन बासकोटा एकमात्र गोर्खा युवक थिए। प्रत्येक वर्षझैं यसपाली पनि विभिन्न विधामा रहेर समाजमा जागरण ल्याउने व्यक्ति, लेखक, कृषक र चिकित्सकलाई अभिनन्दन गर्ने क्रममा नेपाली, असमीया र अङ्ग्रेजी भाषामा कलम चलाउने युवा साहित्यकार अञ्जन वासकोटालाई पनि जिल्ला प्रशासनद्वारा अभिनन्दन गरिएको समाचारले विश्वनाथ जिल्लाभरि खुशीको लहर छाएको छ।
विश्वनाथको समारदलनी निवासी एकजना सफल शिक्षक अञ्जन वासकोटा एकजना युवा साहित्यकारको रुपमा पनि परिचित छन्।
उल्लेखनीय छ, अञ्जन वासकोटालाई यो पहिलो सम्मान होइन; उनले धेरै पुरस्कार र सम्मान बटुल्न सक्षम भएको कुरा असमको गोर्खा जनमानसले थाहा पाइसकेका छ। असमेली गोर्खाहरुको अतीत र वर्तमानलाई प्रत्येक समयमा आफ्नो लेखमा उपस्थापन गर्दै विभिन्न पुस्तक, स्मारिका र अखबार मार्फत गोर्खाहरुको धरोहरहरु परिचित गराउनुमा वासकोटाको ठूलो भूमिका छ। अञ्जन बासकोटाको यस्तो उपलब्धिमा विभिन्न संघ-संस्थाहरुले पनि बधाई दिएका छन्।
Post a Comment