Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

डिब्रुगडका उपायुक्त र गोर्खा संस्था-संगठनमाझ महत्वपूर्ण सभा सम्पन्न; विभिन्न समस्या बारे चर्चा

डिब्रुगड,२९ जुलाई: मंगलबार डिब्रुगड जिल्लाका उपायुक्त पल्लव गोपाल झा र विभिन्न गोर्खा संस्था-संगठनमाझ महत्वपूर्ण सभा सम्पन्न हुन्छ।

जानकारी अनुसार, अखिल असम गोर्खा छात्र संघ, डिब्रुगड जिल्ला समितिको आव्हान अनुसार जिल्ला उपायुक्तको सभाकक्षमा जिल्ला उपायुक्त पल्लव गोपाल झाको अध्यक्षतामा सम्पन्न भएको सभामा डिब्रुगड जिल्लाको विभिन्न समस्याहरु बारे छलफल हुन्छ। सभामा छलफलको क्रममा डिब्रुगड विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरुले भोग्दै आउनु परेको समस्याहरुले पनि स्थान पाएको थियो।

सभामा असम गोर्खा सम्मेलन, डिब्रुगड जिल्ला समिति, अखिल असम गोर्खा छात्र संघ, डिब्रुगड विश्वविद्यालय एकाई र जिल्ला समिति अन्तर्गत जम्मै आञ्चलिक समितिको उपस्थिति रहेको थियो।

यता, सभामा जिल्ला उपायुक्त पल्लव गोपाल झाले उत्थापन गरिएको समस्याहरु समाधान गर्ने आश्वासन दिएका छन्।

Post a Comment

Previous Post Next Post