Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ, चिराङ जिल्ला समितिले जिल्ला उपायुक्तलाई चढाए ज्ञापन पत्र

चिराङ,०९ जुलाई: अखिल असम गोर्खा छात्र संघ, चिराङ जिल्ला समितिले आज चिराङ जिल्लाका उपायुक्त नरेन्द्र कुमार शाहलाई भेट गरी ज्ञापन पत्र चडाएको छ। 

जानकारी अनुसार, उपायुक्तलाई चढाइएको ज्ञापन पत्रमा चिराङ जिल्लाभित्र बसोबास गर्ने गोर्खा लगायत विभिन्न समूदायका जनताले भोग्नु परिरहेको समस्याहरु बारे उल्लेख गरिएको छ। 

विगत समयमा एनआरसी अद्यतन प्रक्रियाको नाममा गोर्खा लगायत विभिन्न समूदायका मानिसहरुको लिइएको बायमेट्रिकको कारण वर्तमान समयमा ती मानिसहरुले आधार प्रमाणपत्र बनाउन असमर्थ भएकाले विभिन्न सरकारी सुविधाबाट बञ्चित भइरहेको कुरा ज्ञापन पत्र मार्फत जानकारी गराइएको छ भने अति शीघ्र सो समस्या समाधान गर्न आव्हान गरिएको छ।

गोर्खा युवक-युवतीले गोर्खा सार्टिफिकट र ओबीसी प्रमान पत्र बनाउने क्रममा जिल्ला उपायुक्त कार्यालयमा भोग्नु परेको विभिन्न समस्या बारे पनि ज्ञापन पत्र मार्फत जानकारी गराइको छ र आउँदा दिनहरुमा कुनै प्रकारको समस्याको सृजना नहोस् भनी उल्लेख गरिएको छ।

अर्कातिर, कोरोनाको प्रकोपबाट चिराङ जिल्लालाई मुक्त गराउनको निम्ति पनि जिल्ला उपायुक्तसँग चर्चा हुन्छ। यस क्षेत्रमा जिल्ला प्रशासनलाई गोर्खा छात्र संघले पूर्ण रूपमा सहयोग गर्ने आश्वासन दिएका छन्। यता जिल्ला उपायुक्तसँको वार्तालाप सकारात्मक रहेको थियो भने आउँदा दिनहरुमा जिल्ला उपायुक्तको कार्यालयबाट गोर्खाहरुले कुनै प्रकारको समस्या भोग्नु नपरोस त्यसको निम्ति उपायुक्तले आश्वासन प्रदान गरेका छन।

आग्सु चिराङ जिल्ला समितिका सभापति श्याम छेत्रीको नेतृत्वमा गएको टोलीमा जिल्ला समितिका मूल सचिव नारायण उपाध्याय, शिक्षा सचिव निश्चल गिरी र बीटीसी क्षेत्रीय समितिका सांगठनिक सचिव प्रकाश दाहालको साथै जिल्ला समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post