गान्तोक, २३ मईः सिक्किममा आगामी ३१ मईसम्मका लागि लकडाउन बढ़ेको छ। कोरोना सङ्क्रमणको बढ़दो मामिलालाई ध्यानमा राखेर सिक्किम सरकारले लकडाउन थप १ हप्ता बढाएको जानकारी प्राप्त भएको छ। यस भन्दा अघि सिक्किम सरकारले गत १७ मईदेखि २४ मईसम्म लकडाउनको घोषणा गरेको थियो।
यता सिक्किममा लकडाउन आगामी ३१ मईसम्म बढ़े तापनि राशन र सब्जी पसल भने बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला रहनेछन्।
Post a Comment