Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अर्जुन छेत्री र अशोक सिंघालमाझ भेटवार्ता, जातीय समस्याहरु बारे चर्चा

 
फोटो: आग्सुका सभापति अर्जुन छेत्री, मन्त्री अशोक सिंघाल र गोर्खा उन्नयन परिषदका सदस्य राज नेवार


 
गुवाहाटी, २२ मई,२०२१: अखिल असम गोर्खा छात्र संघका केन्द्रीय सभापति अर्जुन छेत्री र असम सरकारका मन्त्री तथा ढेकियाजुली विधान सभा क्षेत्रका विधायक अशोक सिंघालमाझ आज गुवाहाटीमा सौहार्दपूर्ण भेटवार्ता हुन्छ। ढेकियाजुली विधानसभा क्षेत्रबाट विजयी भएर सरकारको मन्त्रीमण्डलमा स्थान पाएपछि पहिलो पटक भएको भेटवार्तामा मन्त्री अशोक सिंघाललाई अर्जुन छेत्रीले ढाका टोपी र खादाले अभिनन्दन जनाएका छन्। भेटवार्तामा अशोक सिंघाल र अर्जुन छेत्रीमाझ गोर्खाहरुको विभिन्न समस्याहरू बारे चर्चा भएको थाहा लागेको छ। अर्जुन छेत्रीले बताए अनुसार गोर्खाहरुको समस्या सन्दर्भमा संवेदनशील छन् मन्त्री अशोक सिंघाल। अर्कातिर आग्सुका केन्द्रीय सभापति अर्जुन छेत्रीले असम सरकारका मन्त्री यु.जी. ब्रह्मसँग पनि भेटवार्ता गरेको थाहा लागेको छ।

Post a Comment

Previous Post Next Post