Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

चिराङको बाताबारीमा जागरूकता सभा सम्पन्न

चिराङ,१७ मई: आइतबार चिराङ जिल्लाको बाताबारीस्थित भानु भवन प्राङ्गणमा अखिल असम गोर्खा छात्र संघ, बाताबारी शाखा समितिको उद्योगमा कोरोना वायरसको संक्रमणबाट बाच्न जागरूकता सभा सम्पन्न हुन्छ। अखिल असम गोर्खा छात्र संघ, बाताबारी शाखा समितिका सभापति आकाश दर्जीको सभापतित्वमा सम्पन्न भएको सभामा कोभिड-१९ को संक्रमणबाट बाच्न सरकारले जारी गरेको दिशा-निर्देशहरु मानेर चल्नुको साथै सजग र सतर्क रहन सबै गोर्खा जनतालाई आव्हान गरेका छन्। कोरोना महामारीको यस्तो संकटपूर्ण समयमा पनि गोर्खा समाजमा विवाह सम्पन्न भइरहेको र जहाँ अधिक मानिसको जमघट भइरहेको बताउँदै अधिक चिन्तित भएर कोरोनाबाट बाँच्न विवाह सकेसम्म स्थगित राख्न आग्सु बिजनी आञ्चलिक समितिका सभापति बिकाश कठेतले जनतालाई आव्हान गरेका छन्। 

                  उक्त सभासँग मेल राख्दै आग्सु कार्यकर्ताहरुले हालै निधन भएका भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष प्रयात सुखमान मोक्तानको प्रतिच्छविमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछन्। असम सरकारले जारी गरेको दिशा-निर्देशहरु पालन गर्दै सम्पन्न भएको सभामा आग्सु चिराङ जिल्ला समितिका प्रचार सचिव देवराज घिमिरे, बिजनी आञ्चलिक समितिका सल्लाहकार भुवन कौशिक र सभापति बिकाश कठेत उपस्थित थिए।

Post a Comment

Previous Post Next Post